पूर्वसांसद पौडेलद्वारा भरतपुरको मेयरमा बागी उम्मेदवारी

चितवन । भरतपुर महानगरपालिकामा काँग्रेसका असन्तुष्ट पक्षका उम्मेदवार जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
काँग्रेसका कार्यकर्तासहित उहाँ मनोनयन स्थलमा पुगेर महानगरको मेयरमा उम्मेदवार दर्ता गराउनु भएको हो । भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका पूर्वसांसद समेत हुनुहुन्छ । उहाँले आइतबार पार्टी कार्यालयमा औपचारिक रुपमा उम्मेदवारको घोषणा गर्नु भएको थियो ।
गठबन्धनको तर्फबाट भरतपुर महानगरको मेयर पद माओवादीलाई परेपछि काँग्रेसभित्र व्यापक असन्तुष्टि बढेको थियो । केन्द्रको निर्देशनलाई अवज्ञा गर्दै पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्