भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदीको उम्मेदवारी दर्ता

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले भरतपुर महानगरपालिकाको मेयर पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । उहाँले आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गर्दै उहाँले आफु नेकपा एमालेबाट उम्मेदवारी दिए पनि सबैको साझा उम्मेदवारी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, मेरो मनमा भरतपुरको माटो छ । मैले मेयर पद जितेर भरतपुरको विकास गर्न चाहन्छु भरतपुरको समृद्धिका लागि भरतपुरवासीले आफुँलाई भोट दिएर जिताउनु पर्ने बताउनुभयो ।
सुवेदीले भरतपुरमा राजनीतिक क्रान्ति धेरै थरिएको भन्दै आगामी दिनमा आर्थिक क्रान्ति गरी चितवनलाई देशकै राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ भन्नुभयो ‘यस अघि पुरा हुन बाँकी रहेका कामहरूलाई व्यवस्थित रुपमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको छ ।’
उम्मेदवारी दर्तामा प्रस्तावक देवी ज्ञवाली, समर्थक कृष्णभक्त पोख्रेल हुनुहुन्थ्यो । एमालेले उपमेयरमा भने उम्मेदवारी दिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्