चुनावी तालमेलमा गठबन्धन एक हदसम्म सफल : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्ण बहादुर महराले चुनावी तालमेलमा गठबन्धन एक हदसम्म सफल भएको बताउनुभयो ।
उहाँले केही स्थानमा टुङ्गो नलागेको जानकारी दिनुहुँदै मतदानको अघिल्लो दिनसम्म पनि एक अर्कालाई सहयोग गरेर जान सकिने बताउनुभयो ।
प्रवक्ता महराले पार्टीको हैसियत अनुसार तालमेल भएको बताउँदै यस निर्णयमा गठबन्धन एक भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले पार्टीले केन्द्रबाट यसअघि नै अपिल जारी गरिसकेको जानकारी गराउँदै स्थानीय तहलाई नै आफ्नो विशेषतासहितको घोषणापत्र जारी गर्न भनिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्