सल्यानमा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच चुनावी तालमेल
सल्यान । सल्यानमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सरकारमा रहेका ५ दलहरू बीच भागबन्डा नमिलेपछि माओवादी र समाजवादीले मात्र चुनावी तालमेल गरेका हुन ।
दश स्थानीय तह रहेको सल्यानमा माओवादी केन्द्रले ६ र समाजवादीले ४ तहमा चुनावी तालमेल गर्ने गरी सहमति गरेका हुन ।
माओवादी केन्द्रले प्रमुखमा शारदा, बागचौर, बनगाड कुपिण्डे नगरपालिका, कालीमाटी, दार्मा र कुमाख गाउँपालिकामा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै एकीकृत समाजवादीले त्रिवेणी, कपुरकोट, छत्रेश्वरी र सिद्ध कुमाख गाउँपालिकामा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्र शारदा नगरपालिका इन्चार्ज प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले उपप्रमुखमा त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, सिद्ध कुमाख, दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका रहेका छन् भने समाजवादीले शारदा नगरपालिका, कुमाख र कालीमाटी गाउँपालिकामा उम्मेदवारी दिने सहमति भएको उनको भनाई छ ।
उम्मेदवारी मनोनयनको आज अन्तिम दिन भएपनि केही स्वतन्त्र बाहेक मुख्य राजनीतिक दलले उम्मेदवार दर्ता गरेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्