बर्दिबास नगरपालिकामा नेपाली काँग्रेसले मेयरका लागि दुई जनालाई टिकट दियो

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेसले मेयरका लागि दुई जनालाई टिकट दिएको छ । प्रल्हादकुमार क्षेत्रीलाई टिकट दिएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाउनु भएको छ ।
सोमबार बिहान क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको लागि टिकट लिनुभएको थियो । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला चिरञ्जीवी हमालले टिकट पाएपछि एकाएक माहौल परिवर्तन भएको छ ।

आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परेका छन् ।
‘कसले टिकट पायो मलाई थाहा छैन, तर म मनोनयन दर्ता गर्न जाँदै छु,’ नेता हमालले भन्नुभयो । प्रल्हाद क्षेत्रीको टिकट अन्तिम समयमा दुई जनाको टिकट आएको भन्दै नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् ।
यता, नेपाली काँग्रेस महोत्तरीले कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने क्रम जारी जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्