तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी प्रदेश कमिटी सदस्य ललित थापाद्वारा पार्टी परित्याग गरेको घोषणा 

टीकापुर, कैलाली । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललित थापा शिवले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नु भएको छ । आज बिहान टीकापुरमा पत्रकार सम्मेलन गर्दै थापाले अव देखि आफू नेकपा माओवादी केन्द्रको कुनै पनि सङ्गठनमा नरहने गरी पार्टी परित्याग गरेको घोषण गर्नु भएको हो ।

उहाँले पार्टीले आफ्नो अवमूल्यन गरी पटक पटक धोका दिएको, त्यसको सामना यस अघि पार्टी भित्रैबाट गर्दै आइरहेको र अहिले त्यो सङ्घर्षबाट थाकेर पार्टी नै छोडेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्र पार्टी नभई एउटा कम्पनी जस्तो भएको तथा आफू र आफू जस्ता गरिखाने मजदुर वर्गको त्यसमा स्थान नरहेकाले अहिलेको चुनावी गठबन्धनलाई चुनौती दिन पनि आफूले पार्टी परित्याग गरेको बताउनु भयो । पार्टी परित्याग गर्दै थापाले आसन्न स्थानीय तहमा आफ्नो तर्फबाट पनि स्वतन्त्र उम्मेदवारी रहने बताउनु भएको छ ।

२०५४ सालबाट माओवादीमा लाग्नु भएका थापा २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट टीकापुर नगरपालिकामा मेयर पदको उम्मेदवार भई पराजित हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button