एमालेबाट पोखराको मेयर कृष्ण थापा उपमेयरमा गुरुङ

कास्की।पोखरा महानगरपालिकाको मेयरमा एमालेले कृष्ण थापालाई उठाउने भएको छ ।
शनिवारको बैठकले दिपक पौडेललाई मेयर बनाउने निर्णय गरे पनि सामाजिक संजालमा एक भिडियो भाइरल वने पछि पौडेलको टिकट खोसिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।
उपमेयरमा भने पुनः मञ्जु गुरुङ नै उम्मेदवार बन्ने हुनु भएको छ । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन रहनु भएको छ । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।
थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्