भीमदत्त नगरको प्रमुखमा तीन जनाद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

कञ्चनपुर । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुखका लागी तिन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
भीमदत्त नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउन सुरु गरेको मुख्य निर्वाचन अधिकृत मदन सिंह धामीले बताउनुभएको छ ।
उहाँले भीमदत्त नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारका रुपमा कोम बहादुर सिंह, कल्याण ओझा र स्वतन्त्र उपमेयरमा राजु नाथले र अन्य ७ जनाले स्वतन्त्र अध्यक्षका लागी उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।
कञ्चनपुरमा नगरपालिका र गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेका छन् । सबै स्थानीय तहहरूमा आज स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरूले भोलि मनोनयन दर्ता गर्ने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्य तालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्