निर्वाचनका विषयमा सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

काठमाडौँ । “स्थानीय तह निर्वाचन-२०७९” सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा नेपाली सेनाको जङ्गी अड्डास्थित सुरक्षा निकायबीच छलफल भएको छ ।
छलफलमा प्रधान सेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी।, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल तथा नेपाली सेना, प्रहरीलगायत सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा वैशाख ३० गते हुने “स्थानीय तह निर्वाचन-२०७९” को लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्नुपर्ने विषयहरूका बारेमा प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच “स्थानीय तह निर्वाचन-२०७९” स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्