‘सी’ डिभिजन लिग फुटबलको पहिलो चरणका खेल सम्पन्न
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनमा राजधानीमा जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको पहिलो चरणका खेलहरू सकिएका छन् ।
एन्फा मैदान सात दोबाटोमा पहिलो चरणको खेल सकिँदा ७ टिमले ३–३ अङ्क जोड्दा अरू ७ टिमले भने अङ्कको खाता खोल्न सकेनन् । पहिलो चरणमा कुनै पनि खेल बराबरीमा सकिएनन् ।
मनोहरा स्पोर्टस क्लब पहिलो स्थानमा रहँदा सानेपा क्लब, रानीवन क्लब, झापा फुटबल क्लब, महावीर क्लब, आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले समान ३–३ अङ्क जोडे पनि क्रमशः दोस्रो देखि सातौँ स्थानसम्म रहेका छन् ।
सी डिभिजन लिगको विजेता र उपविजेता बी डिभिजनमा उक्लने छ भन पुछारका २ टिम सी डिभिजन छनोटमा घटुवा हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्