जसपाको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौँ । जनता समाजवादी पार्टीले स्थानीय निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रिय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा पाटीका अध्यक्ष उपेन्द्र यादवले गुणस्तरीय शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
यस्तै सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको आवश्यकता अनुसार घर घरमा गएर सेवा प्रवाह गर्ने मुख्य प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो ।
घोषणापत्रमा प्रत्येक पालिकामा रिङ रोड बनाउने, स्वास्थ्य तथा शिक्षालाई निःशुल्क गर्ने, सबै नागरिक समक्ष खानेपानीको पहुँच पुर्याउने, सबै गाउँ नगरमा ढलको व्यवस्था गर्ने, सिँचाइमा अनुदान दिने, संवेदनशील बस्तीलाई पालिकाको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने लगायतका विषय समेटिएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचन परिचालन मूल समितिका संयोजक अशोक राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्