तपाईँ सुन्दै हुनुहुन्छः

छत्रेश्वरी गाउँपालिको अध्यक्ष पदमा लोकपालले दिए स्वतन्त्र उम्मेदवारी 

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष पदका लागि स्वतन्त्रबाट लोकपाल केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

छत्रेश्वरीमा पहिलो नम्बरमा केसीको मनोनयन पत्र दर्ता गरिएको हो । 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विशेष जिल्ला सदस्य रहेका केसीले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

गठबन्धनको टुङ्गो नलाग्दा कार्यकर्ता अन्योलमा कर्णालीमा सत्ता साझेदार दलहरुबिच गठबन्धनको विषयमा टुङ्गो नलाग्दा जिल्लाका नेता तथा कार्यकर्ता अन्योलमा परेका छन् । 

उम्मेदवार मनोनयनको पहिलो दिन सकिनै लाग्दा समेत निर्वाचन कार्यालयहरू सुनसान बनेका छन् । 

कार्यकर्ता कर्णाली प्रदेशको निर्णयलाई कुरेर बसेका छन् । तर गठबन्धनले अहिलेसम्म निर्णय गर्न सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवारी दर्ता नगर्ने भएको छ । 

गठबन्धनबाट कस्ता उम्मेदवार छनौट हुन्छन् सोही अनुसार आफ्ना उम्मेदवार पठाउने भन्दै एमाले पनि कुनै तहमा मनोनयन दर्ता गरेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button