तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसबाट पोखराको मेयरमा बागी उम्मेदवारी दर्ता    

पोखरा । पोखराको मेयरमा नेपाली काँग्रेसका नेता विमलबहादुर कार्कीले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति समेत रहनुभएका पोखरा १४ निवासी कार्कीले आज निर्वाचन कार्यालयमा बागी उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्ता गठबन्धनले पोखराको मेयरमा नेकपा (एकिकृत समाजवादी)का धनराज आचार्यलाई उठाउने निर्णय गरेको छ । समाजवादीलाई मेयरको टिकट दिएको भन्दै नेपाली काङ्ग्रेस कास्कीले  बिरोध गरेको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा काँग्रेसका मतदातालाई हँसिया हतौडामा र पोखरामा कलममा भोट हाल्न बाध्य पारेको र पार्टीको अस्तित्व नै सङ्कटमा परेकोले  त्यसको विरुद्धमा आफूले उम्मेदवारी दर्ता गराएको कार्कीले बताउनुभयो ।

कुनै पनि दबाब र प्रभावमा परेर आफूले उम्मेदवारी फिर्ता नलिने उहाँले बताउनुभएको छ । उहाँको बागी उम्मेदवारीले एमालेलाई भने फाइदा पुग्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button