एमाले काभ्रेले टुङ्ग्यायो उम्मेदवार
काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेका सबै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । जिल्लाको १३ वटा स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुङ्गाएको हो ।
एमालेले निरन्तर छलफल गरेर जिल्लाको १३ स्थानीय तहमध्ये ६ नगरपालिका र ७ गाउँपालिकाका लागि प्रमुख र उप प्रमुखको नाम टुङ्गाएको नेकपा एमाले जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिनु भयो ।
जस अनुसार एमाले काभ्रेले बनेपा नगरपालिकाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटालाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी धुलिखेल नगरपालिका प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौती नगरपालिकाको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्ध नगरपालिकाको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखाल नगरपालिकाको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको भुर्तेलले जानकारी दिनुभयो ।
यसैगरी एमालेले भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीको अध्यक्षमा जितराम लामा र उपाध्यक्षमा बबिता खरेल, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना र उपाध्यक्षमा सरला लामिछाने, रोशीको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बबिता बोहरा, तेमाल गाउँपालिकाको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामालाई उठाउने निर्णय गरेको छ ।
यसैगरी एमालेले खानीखोलाको अध्यक्षमा डम्बर तिमल्सिना र उपाध्यक्षमा रुकमणि गुरुङ र महाभारतको अध्यक्षमा पूर्णबहादुर वाइवा र उपाध्यक्षमा शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुङ्गो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्