तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण भारतमा थप २ हजार ५ सय सङ्क्रमित, ३३ जनाको मृत्यु

नयाँ दिल्ली ।  कोरोना भाइरसका कारण भारतमा थप २ हजार ५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । 

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन । 

सङ्घीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ । 

यसअघि शुक्रवार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो । मृतकको सङ्ख्या शनिबार भन्दा बढी ५४ रहेको थियो । 

पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ । 

मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button