तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा 

काठमाडौं । संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेको छ ।

नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवकाे अवसर पारी अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल नेपाल आएको  अमेरिकी दूतावासले जनाएको छ । 

सिनेटर कर्स्टन जिलिब्रान्डको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सिनेटर शेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली तथा प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स समावेश हुनुहुन्छ । 

प्रतिनिधिमण्डलले हिमाली क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनले पारेकाे असरबारे जानकारी लिनमा आफ्नो भ्रमण केन्द्रित गरेको दूतावासले उल्लेख गरेको छ ।

अमेरिकी संसदीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक नेतृत्व तथा उच्चपदस्थ सरकारी अधिकारी सँग गरी जलवायु परिवर्तनको लगायतका विभिन्न विषयमा छलफल गर्नेछ ।

रुसी आक्रमणको विरुद्ध  युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सकिन्छ भन्ने बुझ्नका लागि अमेरिकी संसदीय प्रतिनिधिमण्डलले विभिन्न देशको भ्रमण गर्दै आइरहेको छ  । 

सोही क्रममा प्रतिनिधिमण्डल नेपाल आएकाे दूतावासले  जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button