मन्त्री झाँक्री अमेरिका प्रस्थान
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रवार साँझ अमेरिका प्रस्थान गर्नुभएको हो ।

उहाँले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्नुहुने मन्त्रालयका प्रवक्ता, सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यु अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली र उप-महानिर्देशक दिलीप भण्डारी सहभागी हुनुहुनेछ । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्