तपाईँ सुन्दै हुनुहुन्छः

एमालेद्वारा स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक (घोषणा पत्रसहित) 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन,२०७९ को चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै स्थानीय तहबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको बताउनुभयो ।  

घोषणापत्रमा एमाले सरकारमा रहँदा गरेका काम र आगामी दिनको कार्य योजना समेटिएको पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, एमालेद्वारा जारी घोषणापत्रमा,सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका, कृषि,रोजगारी, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक ऊर्जा, औद्योगीकरण, आर्थिक वृद्धि, विकास र वातावरणको सन्तुलन,दिगो विकास  लगायतका पक्षमा जोड दिइएको छ ।

एमालेद्वारा स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक :

प्रतिक्रिया राख्नुहोस्

Back to top button