तपाईँ सुन्दै हुनुहुन्छः

तातो कुँढोमा परेर बालिकाको मृत्यु

तनहुँ । तनहुँमा गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका १२ रतनपुरकी दुई वर्षीया आरोही घर्ती रहेकी छन् ।

दिउँसो दुई बजे आफ्नै घरमा पकाइरहेको तातो कुँढोमा परेकी उनलाई उद्धार गरेर उपचारका लागि लगिए पनि सफल हुन नसकेको प्रहरी निरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी समेत रहनुभएका खड्काका अनुसार घर्तीको उपचारका क्रममा मङ्गलवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button