तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

कैलाली । विभागीय त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । 

बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले ८० हजारमा चित्त बुझाएको छ । सेमीफाइनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान ४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button