रोड रेसको तेस्रो संस्करण वैशाखमा हुने
काठमाडौँ । गणेशमान सिंहको स्मृतिमा आयोजना हुने रोड रेसको तेस्रो संस्करण वैशाखमा हुने भएको छ ।
वैशाख १७ मा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा रोड रेस हुने भएको हो । रोड रेसमा दुई स्पर्धामा प्रतिस्पर्धा हुनेछ । १० किमी रेस र ५ किमी रेसको स्पर्धा रहेको छ ।
१० किमी दौडमा महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । रेस दरबारमार्गबाट सुरु भएर महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, हुँदै नाग पोखरी, जा नेपाल सिनेमा घर हुँदै पुनः दरबारमार्ग पुगेर सम्पन्न हुने छ । यस संस्करणमा पुरुष र महिला दुवै तर्फ ५ किमी दौड थप गरिएको छ ।
५ किमी दौडको महिला तथा पुरुष विजेता दुवैले १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडी देखि उदयमान खेलाडी देखि विदेशी खेलाडीको समेत सहभागिता रहने आयोजकले बताएको छ ।
प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार प्राप्त गर्ने समेत आयोजकले जानकारी गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्