बझाङमा एसइइका लागि १९ वडा परीक्षा केन्द्र तोकिए
बझाङ । बझाङमा एसइई परीक्षाका लागि जिल्ला भरी १९ वटा परीक्षा केन्द्र तोकिएको छ ।
वैशाख ९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाई बझाङका सूचना अधिकारी वसन्त बहादुर सिंहले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार दुर्गा भवानी मावि तलकोट, सत्यवादी मावि भोपुर (क), सत्यवादी मावि भोपुर (ख), कुलमष्टोजन मावि भातेखोला, बाल विकास मावि गोलाई, जालपा मावि देवल, खप्तड मावि कालुखेती, लामातोला मावि लामातोला, जनप्रिय मावि बगडगाउँ, थलारा मावि खोली, भैरव मावि झोता, चौधारी मावि जुजी, शान्ति मावि चौघानपाटा, बान्निचौर मावि बान्निचौर, चन्द्रोदय मावि भाटशैन, शिक्षोदय मावि बागथला, सुनकुडा मावि चिर, सरस्वती मावि विजगडा र महादेव मावी अठपालीमा परीक्षा केन्द्र तोकिएको हो ।
यस वर्ष बझाङमा ४ हजार ३ सय ५० जना परीक्षार्थी सहभागी हुनेछन् । नियमिततर्फ ४ हजार ५६, एक्जामटेड (ग्रेड वृद्धि) तर्फ ४३ र प्राविधिक धार तर्फका २ सय ५१ जना विद्यार्थी सहभागी हुने सूचना अधिकारी सिंहले बताउनुभयो ।
परीक्षा दुर्गा भवानी मावि तलकोटबाट १ सय ५३, सत्यवादी मावि भोपुर (क) मा २ सय ७६ जना, सत्यवादी मावि भोपुर (ख)मा जिल्ला भरीका प्राविधिक धार तर्फका विद्यालयहरूबाट २ सय ५१ जना, कुलमष्टोजन मावि भातेखोलामा १ सय ९८ जना, बाल विकास मावि गोलाइमा २ सय ५ जना, जालपा मावि देवलमा ३ सय ५३ जना, खप्तड मावि कालुखेतीमा २ सय ९ जना, लामातोला मावि लामातोलामा १ सय ५ जना सहभागी हुनेछन् ।
यस्तै, जनप्रिय मावि बगडगाउँमा १ सय २८ जना, थलारा मावि खोलीमा १ सय ७९ जना, भैरव मावि झोतमा २ सय ९७ जना, चौधारी मावि जुजीमा १ सय ३८ जना, शान्ति मावि चौघानपाटामा १ सय ७३ जना,बान्निचौर मावि बान्निचौरमा १ सय ९४ जना, चन्द्रोदय मावि भाटशैनमा १ सय ९४ जना, शिक्षोदय मावि बागथलामा ३ सय ६२ जना, सुनकुडा मावि चिरमा ३ सय ९ जना, सरस्वती मावि विजगडामा २ सय ९१ जना र महादेव मावी अठपालीमा २ सय ९४ जना गरी ४ हजार ३ सय ५० जना विद्यार्थीहरू सहभागी हुनेछन् ।
जिल्लामा मङ्गलवार १९ वटै परीक्षा केन्द्रका केन्द्र अध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समय मोबाइलको प्रयोग तथा मोबाइल परीक्षा हलमा लिने र प्रश्न पत्र बाहिरिने भएकाले त्यसलाई रोक्नका लागि केन्द्र अध्यक्षहरूलाई कसैले परीक्षामा मोबाइल ल्याइएको भेटाएमा परीक्षा अवधिभर मोबाइल नियन्त्रणमा लिएर नदिन जिल्ला परीक्षा नियन्त्रण समितिले निर्णय गरेको छ ।
परीक्षालाई शान्त, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको समेत सिंहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्