एकीकृत समाजवादीद्वारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने उल्लेख गरिएको छ ।
यस्तै घोषणापत्रमा निःशुल्क खानेपानी, हरेक पालिकामा सुविधा सम्पन्न पुस्तकालय, फोहर बन्ने छ मोहर, पानीका स्रोत संरक्षणका लागि विशेष योजना, द्वन्द्वपीडित राहत सहयोग कार्यक्रम, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने लगायतको उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्