एन्फाद्वारा नयाँ बस्ती यूथ क्लबलाई ३ लाख जरिवाना
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब नयाँ बस्ती यूथ क्लबलाई ३ लाख जरिवाना गरेको छ ।
गत महिना सकिएको सहिद स्मारक ‘बी’ डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।
‘बी’ लिगमा मध्यपुर यूथ एसोसिएसनसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । उक्त खेलमा नयाँ बस्ती ३–१ ले पराजित भएको थियो ।
यस्तै एन्फाले क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ । क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्