तपाईँ सुन्दै हुनुहुन्छः

महादेवा गाउँपालिकाका अध्यक्ष काँग्रेसमा प्रवेश

राजविराज । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ । आज काँग्रेसको राजविराजस्थित कार्यालयमा आएर उहाँ कांग्रेस प्रवेश गर्नु भएको हो ।

तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)को प्रदेश समिति सदस्य हुनुहुन्थ्यो । 

यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराउनुभयो  ।

कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुदर्शन सिंह पनि काँग्रेसमा प्रवेश गरेको जिल्ला जिल्ला सचिव सनत मण्डलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button