तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दलीय गठबन्धन समयको माग हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन समयको माग भएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधान अनुसार कसैको बहुमत नआउने भएकाले दलहरुबीच गठबन्धन कायमै  राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले  गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै कुनै पनि हालतमा गठबन्धन तोड्न नहुने बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति एवं नेपाल विद्यार्थी संघका पूर्व सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले  आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अबको महाधिवेशनमा नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन पाँच दलीय गठबन्धन बनेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सत्ता गठबन्धनको जनमत देखेर  प्रतिगमनकारी शक्तिसँग मिल्न गएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रको लडाई अझै पनि बाँकी रहेकाले  नेपाल विद्यार्थी सङ्घ लोकतन्त्रको पहरेदार भएर उभिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button