तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक दिउँसो सर्‍यो

काठमाडौं । महानगरपालिका र उप महानगरपालिकामा साझा उम्मेद्वार चयन गर्न आज विहान ११ बजे बस्ने भनिएको सत्तागठबन्धको बैठक दिउँसो २ बजे बस्ने भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको कार्यव्यस्तताका कारण बैठक दुई बजेलाई सारिएको बताइएको छ । महानगर र उपमहानगरपालिकामा साझा उम्मेद्धार उठाउने विषयमा हिजो पनि सत्तागठबन्धनको बैठक बालुवाटारमा बसेको थियो ।

हिजोको बैठकमा दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठकमा साझा उम्मेद्धारका विषयमा कुरा मिलेको थिएन ।
आज दुई बजे बस्ने बैठकले महानगर र उपमहानगरपालिकामा कुन दलले कहाँबाट उम्मेद्धारी दिने भन्नेटुंगो लगाउने बताइको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button