तपाईँ सुन्दै हुनुहुन्छः

प्राप्त उपलब्धिलाई जोगाउन सबैको भूमिका आवश्यक : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रणाली, धर्म निरपेक्षता जस्ता उपलब्धिलाई जोगाउन सबैको  भूमिका आवश्यक रहेको छ । 

पार्टी कार्यालय पेरिस डाँडामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मुलुकमा प्राप्त उपलब्धि जोगाउने एउटा गठबन्धन र अर्को त्यसलाई भत्काउने प्रवृत्तिको गठबन्धन देखिएको भन्दै परिवर्तनलाई जोगाउने पक्षधरलाई साथ दिन आग्रह गर्नुभयो । 

उहाँले परिवर्तन पक्षधर एक पटक फेरी आत्मसमिक्षासहित आगामी स्थानीय तहको निर्वाचनमार्फत जनतामा जान लागेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबीचको चुनावी तालमेलमा समझदारीमा नै टुङ्गो लगाउने प्रयत्न भइरहेको भन्दै भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाबीचको चुनावी तालमेल निष्कर्षमा पुग्ने बताउनुभयो ।

उहाँले आजै बेलुकीसम्ममा महानगर तथा उपमहानगरपालिकाको गठबन्धनभित्र तालमेल टुङ्गो लाग्ने समेत जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन कुनै पनि हालतमा तोकिएको मितिमा हुनेमा सत्ता गठबन्धन दृढ रहेको समेत दोहोर्‍याउनुभयो ।

माओवादी केन्द्रले प्रत्येक हप्ता पत्रकार भेटघाट गर्ने कार्यलाई निरन्तरता दिने समेत जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button