तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन बैठक : सहमति हुन नसकेपछि बैठक बिना निष्कर्ष स्थगित

File Photo

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार तय गर्न आज बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि अहिलेलाई स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यदलले तयार पारेको तालमेल सम्बन्धी मापदण्डमा छलफल भएपनि दलहरुबीच कुरा मिल्न नसकेपछि आजै फेरि बस्ने गरी बैठक स्थगित गरिएको हो ।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धनका दलहरूले आ आफ्नै दाबी कायम राखेका छन् । सम्भवतः आजै सत्ता गठबन्धनले उम्मेदवार र महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button