शुक्लाफाँटा निकुञ्जद्वारा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गाको गणना गरिने भएको छ । वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज प्रशासनले आज आइतबारदेखि बाह्रसिङ्गा गणनाको तयारी गरिन लागेको हो । करिब एक दशकदेखि शुक्लाफाँटामा बाह्रसिङ्गाको नियमित रूपमा अनुगमन तथा गणना भइरहेको छ ।
५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको उक्त घाँसे मैदानमा गत वर्ष गरिएको अनुगमनमा २२ सय ४६ बाह्रसिङ्गा गणना गरिएको थियो। विगत केही वर्षदेखि बाह्रसिङ्गाको सङ्ख्या २२ सय देखि २५ सयसम्म पुग्ने गरेको छ।








प्रतिक्रिया राख्नुहोस्