तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सुनकोशी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।

चौतारा साँगाचोकगढी–९ सुकुटे नजिक रहेको बालुवा भन्ने स्थानमा सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

आज दिउँसो २ बजे दोलखा सैलुङ गाउँपालिका–७ मन्जित बस्ने शिवहरि श्रेष्ठका छोरा २२ वर्षका रञ्जन श्रेष्ठ डुबेर बेपत्ता भएका थिए । ५ बजेको समयमा डुबेकै स्थानबाट निजको लास फेला परेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button