तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही जिल्ला फुटबल सङ्घको साधारण सभा तथा अधिवेशन सम्पन्न

रुपन्देही । रुपन्देही जिल्ला फुटबल सङ्घको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको अधिवेशनबाट लोक पुनको नेतृत्वमा १५ सदस्यीय नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको हो । सङ्घको उपाध्यक्षमा सुधीर थापा, मुकेश कुँवर, बुद्धिबहादुर गुरुङ, सदस्यमा दीपेश गुरुङ, सञ्जय कार्की, प्रेम राना, दिपक गुरुङ, सोमबहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल गुभाजु, शङ्कर मल्लाह, ललित तिरुवा, पदम थापा र महिला सदस्यमा मोतीकला गुरुङ सर्वसम्मत हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताउनुभयो ।

रुपन्देही खेलकुद विकास समितिका पूर्व अध्यक्ष योग गुरुङले कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला सबै खाले खेलमा उर्वर भूमि भएको बताउनुभयो ।

संघका अध्यक्ष दीर्घबहादुर केसीले संस्थामा लामो समय बस्दा संस्थाभन्दा पनि व्यक्ति विकासमा बढी जोड दिँदा यसको प्रभाव लामो समयसम्म पर्ने वास्तविकता देखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button