भिरबाट लडेर महिलाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको भोटेकोसी गाउँपालिका ३ दुगुना गढी भिरमा बिहान ८.३० बजे भारत दार्जिलिङ घर भई हाल भोटेकोसी–३ स्थित अर्जुन पौडेलको घरमा विगत १८ वर्षदेखि काम गरी बस्ने महिला बर्ष ३३ कि लक्की तामाङको मृत्यु भएको हो ।
घर भन्दा अन्दाजी ४ किलोमिटर दक्षिणपट्टि रहेको दुगुना गढी भिरबाट लडेको अवस्थामा तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्