तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी डा. लम्साल र निरौला प्रबल जनसेवा श्री पदकबाट विभूषित

काठमाडौँ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल प्रबल जनसेवा श्री र वरिष्ठ प्राविधिक अधिकृत गिरीराज निरौला जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित पदक वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट डा. लम्साल प्रबल जनसेवा श्री र वरिष्ठ प्राविधिक अधिकृत निरौला जनसेवा श्री पदकबाट विभूषित हुनुभएको हाे । 

संविधान दिवसका अवसरमा डा. लम्साल र निरौलासहित ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक घोषणा गरिएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।  

डा. लम्साल रेडियो नेपालका निर्देशक तथा समाचार महाशाखा प्रमुखका अतिरिक्त नेपाली साहित्यका एक वरिष्ठ कवि तथा गीतकार पनि हुनुहुन्छ । उहाँका कर्ण, धरा, अग्नि तीन महाकाव्यसहित आठ वटा पुस्तक प्रकाशित छन् । 

गिरी रेडियो नेपालको वरिष्ठ प्राविधिक अधिकृत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button