ठोरीमा आगलागी हुँदा एक घर जलेर नष्ट

वीरगञ्ज । पर्साको ठोरीमा आगलागी हुँदा १ घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो १२ बजे ठोरी १ चौताराका जीत बहादुर बिकको घर जलेर नष्ट भएको हो ।
बिद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घरमा कोही नभएको समयमा बिद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको भनाइ छ । आगलागी बाट भएको क्षतिको विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

आगलागी सुरु भएको १ घण्टा पछि वीरगंजबाट ३ वटा वारुण यन्त्र मगाइएको र आगो निभाउने प्रयास भइरहेको स्थानीय जगेन्द्र पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्