भिरबाट लडेर एक जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
भिरबाट लडेर नलगाड नगरपालिका ८, हलचौरका ५२ वर्षका जनकबहादुर खत्रीको मृत्यु भएको वडा अध्यक्ष गोविन्द्र शाहीले जानकारी दिनुभयो ।
घरबाट भैँसीलाई घाँस काट्न सीमा डाँडा जङ्गल नजिकैको भिरबाट लडेका खत्रीको घटनास्थलमै मृत्यु भएको अध्यक्ष शाहीले बताउनुभयो ।
भीरदेखि ५ सय मिटर तल खसेका उनको शरीरका विभिन्न भाग तथा टाउकोमा चोट लागेको थियो ।








प्रतिक्रिया राख्नुहोस्