तपाईँ सुन्दै हुनुहुन्छः

अब संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै

काठमाडौँ । वैदेशिक रोजगार विभागले शुक्रवारदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । 

श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।     

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ । 

पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फर्छ्योट गरिने भन्दै विभागले कम्तीमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह समेत गरेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button