तपाईँ सुन्दै हुनुहुन्छः

स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चार माध्यमहरूलाई आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ ।

file photo

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गर्नुभएको छ ।

यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।

काउन्सिलले सञ्चार माध्यम, पत्रकार एवं सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button