‘चौथो मुन्दुम ट्रेल रेस’ भोजपुरमा हुँदै, पचास प्रतिशत तयारी पुरा
भोजपुर । भोजपुरमा आगामी वैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ ।
आयोजक रिमाचुङ एजुकेसन एन्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईका अनुसार ट्रेल रेसको अहिलेसम्म करिब ५० प्रतिशत तयारी पुरा भएको छ ।

आयोजकले बुधवार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै २०७४ बाट सुरु भएको ट्रेलको चौथो संस्करणका रुपमा हुने प्रतियोगिता करिब २ सयको सहभागिता रहने अनुमान गरिएको जनाएको छ ।
ट्याम्के मैयुङ गाउँपालिकाको सहयोगमा हुन लागिरहेको ट्रेलले मुन्दुम पदमार्गलाई चिनाउनमा समेत मद्दत पुग्ने आयोजकको भनाई छ ।
ट्रेल रेसमा पहिलो पुरस्कार नगद ५० हजार, दोस्रो ४० हजार, तेस्रो ३० हजार, चौथोले २० हजार र पाँचलाई १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै ४० वर्ष माथिका सहभागी तर्फका शीर्ष ३ जनालाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ ।
आयोजकका अनुसार ४५ किमी लामो दुरीको दौड भोजपुरको बागखोर (२२०० मि) बाट सुरु भएर ३१०० मिटरको ट्याम्के डाँडा हुँदै खोटाङको तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर टुङ्गिने छ ।








प्रतिक्रिया राख्नुहोस्