वीरगञ्ज बाहेक पर्साका १३ पालिकामा गठबन्धन गर्न चार दल सहमत
बीरगंज । पर्सामा वीरगञ्ज महानगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन गरेर जान सत्तारुढ चार राजनीति दल सहमत भएका छन् ।
वीरगञ्ज महानगर बाहेक पर्साका अन्य १३ पालिकामा गठबन्धन गरेर जान नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहमत भएको जनाइएको छ ।
गठबन्धनका दलहरूबिच वीरगन्जमा सम्पन्न बैठकमा महानगरपालिका बाहेक बाँकी पालिकामा वास्तविक अवस्थाको विश्लेषण गरी गठबन्धन गरेर जाने निर्णय भएको नेपाली काँग्रेस पर्साका उपसभापति राम नारायण कुर्मीले जानकारी दिनुभयो ।
उहाँले महानगरमा काँग्रेसको लगायत अरू दलको पनि आफ्नै किसिमको दाबी रहेको बताउँदै महानगरपालिका बाहेक अन्य पालिकामा दलहरूको वर्तमान स्थितिको विश्लेषण गर्ने र गठबन्धन गरेर जाने सहमति भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्