तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा नेपालले सूर्य चिन्हबाट निर्वाचनमा भाग लिने 

काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । 

नेकपा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा राप्रपा नेपालले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

देशभर सम्भव भएका पालिकामा तालमेल गरी उम्मेदवार उठाउने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नभएका पालिकामा एमालेलाई सघाउने, एमालेका उम्मेदवार नभएका स्थानमा राप्रपा नेपाललाई सघाउने सहमति भएको उल्लेख छ । 

दुवै पार्टीका जिल्ला कमिटीहरूले आपसमा छलफल गरी केन्द्रिय तहको अनुमतिबाट सहमति कार्यान्वयन गर्ने गरी सहमति भएको जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button