तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ । स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न सत्तारुढ नेपाली काँग्रेसले आज (बुधवार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बस्नेछ । बैठकमा सहभागिताका लागि कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सह महामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार हुनुहुन्छ ।

त्यसैगरी अन्य सदस्यमा नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। शशाङ्क कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button