बाघको आक्रमणमा परी युवकको मृत्यु
बारा । बाघको आक्रमणमा परी बारामा एक युवकको मृत्यु भएको छ ।
बारा जितपुर सिमरा उपमहानगरपालिका १६ टागियाबस्ती टोल बस्ने ३१ वर्षका सुरेश मगरको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
कोल्हवी नगरपालिका वडा नं. २ तामागढी साझेदारी वनमा साथी सँगै घाँस काट्न जाँदा बाघको आक्रमणमा परी गम्भीर घाइते भएका मगरको अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्