तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट हेटौँडाको मेयरमा तीन जनाको नाम सिफारिस

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेले तीन जनाको नाम सिफारिस गरेको छ ।

मङ्गलवार बसेको एमाले नगर कमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र हालका जिसस सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मङ्गलवार भएको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । हेटौँडाको उपमेयरका लागि ७ जनाले आकाङ्क्षा व्यक्त गरेको भए पनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो ।

जिल्ला कमिटीमा सिफारिस हुनुभएका उमेदवारहरुबीच पुन छलफल गराएर सकेसम्म एक/एक जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button