तपाईँ सुन्दै हुनुहुन्छः

पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ

जनकपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसबापत सेवाग्राहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उहाँमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button