रुखले च्यापेर एक जनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो १ः३० बजे भोटेकोशी गाउँपालिका –५ का ६६ वर्षीय पेम्बा वाङदी तामाङको रुखले च्यापेर मृत्यु भएको हो ।
हलो बनाउनको लागि घर नजिकको सामुदायिक जङ्गलमा कटुसको रुख काट्ने क्रममा रुख ढल्दा छाती र घाँटीमा च्यापिएर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्