निजी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न माग
सुर्खेत । सुर्खेतका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नमा माग गरेका छन् ।

जिल्ला सदरमुकाम वीरेन्द्रनगरस्थित प्रतीक्षा मन्टेश्वरी ईलेमेन्ट्री स्कुलका दुई दर्जन विद्यार्थीले वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक दलहरूले विभिन्न बहानामा गर्ने बन्द, हडताल र आन्दोलनबाट शान्तिपूर्ण तरिकाले पढ्न पाउने विद्यार्थीको हक हनन हुँदै आएकाले सम्बन्धित पक्षलाई गम्भीर बन्न आग्रह गर्दै बन्दलाई सधैँका लागि बन्द गरी दिन माग गरेका हुन् ।
उनीहरूले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै नेपालको संविधान २०७२ को भाग २, धारा ३१ मा उल्लेखको भएको अधिकारलाई सुरक्षित गर्दै पूर्ण रुपमा सदुपयोग गर्ने वातावरण मिलाइदिन वीरेन्द्रनगरका प्रमुख सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नगर प्रमुख सुवेदीले निजी क्षेत्रका बालबालिकाको भविष्यप्रति आफु व्यक्तिगत रुपमा अत्यन्तै संवेदनशील र गम्भीर रहेकाले सबै राजनीतिक दलहरूसँग समन्वय गरेर बन्द, हडताल एवं आन्दोलन जस्ता क्रियाकलापहरू सधैँ लागि बन्द गराउन पहल गर्ने बचन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्