तपाईँ सुन्दै हुनुहुन्छः

ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

अमेरिका ।  पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिन सक्ने बताउनुभएको छ । 

यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ, मैले पहिलो पटकभन्दा दोस्रो पटक धेरै राम्रो गरेँ। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ।

के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ? “ सेल्मा, उत्तरी क्यारोलिनामा शनिवारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गर्नुभयो । 

ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औँल्याउनुभयो ।

मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेसलाई भन्नुभएको थियो यदि उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। 

यस महिनाको सुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प  सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबै भन्दा अगाडि भएको देखाएको थियो । रासस/एएनआई/स्पुतनिक

प्रतिक्रिया राख्नुहोस्

Back to top button