सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।
राष्ट्रपतिसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष समेत रहनुभएका कायममुकायम प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जानाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्