भूमि आयोग बैतडीका सदस्यद्वारा पदभार ग्रहण

बैतडी । राष्ट्रिय भूमि आयोग बैतडीले पूर्णता पाएको छ ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर(कपिल)लाई नियुक्त गरेकोमा सदस्यहरु आज थप गरी आयोगलाई पूर्णता दिइएको छ ।
आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरूमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उहाँहरूले आज पदभार ग्रहण गर्नुभएको छ ।
आयोगका अध्यक्ष ऐरले आफु नेतृत्वको आयोगले सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्